२५ बैशाख २०८१, मंगलवार
Follow Us

थपिए ६,६५३ संक्रमित, काेराेनाबाट १०१ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२१ जेष्ठ २०७८, शुक्रबार ११:२४

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ६ हजार ६ सय ५३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर १४ हजार १ सय ८२ आरटी पिसिआर र ६ हजार ६ सय ३१ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ६ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५ सय ६० पुगेको छ । यीमध्ये ९७ हजार ६ सय ९९ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ हजार ४ सय २२ जना र भेन्टिलेटरमा ४ सय ४ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट ८ हजार ६ सय ६३ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ८ हजार ६ सय ६३ जनासँगै देशभर कोरोना जित्नेको संख्या ४ लाख ७६ हजार १ सय ३० जना पुगेको छ । निको हुने दर ८१.९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १ सय १ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ७ सय ३१ सय पुगेको छ ।