२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए बेल्जियममा १४ सय जनाले भरे उधारो सदस्यता

नेपालब्रिटेन डट कम्
४ असार २०७८, शुक्रबार २१:१५

लण्डन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् बेल्जियमको पंजीकृत सदस्यताको लागि गएराति समाप्त सम्म आवेदन दिएका १४ सय जनाले सदस्यता शुल्क नतिरेको भेटिएको छ ।

संघले आगामी २५ जुलाईमा हुने निर्वाचनको आवेदन दिएका दुई हजार ५४२ जनाले आवेदन दिएको सदस्यता वितरण समितिका संयोजक एवं महासचिव तीर्थराज धमलाले बताए । धमलाले आगामी तीन दिन भित्र सदस्यहरुले शुल्क नबुझाएमा ती सदस्यहरुको आवेदन स्वतः रद्ध हुने जानकारी दिए ।

आवेदन दिनेहरूमध्ये करिव ६ सयको सदस्यता प्रमाणिकरण गरिएको एनआरएनए बेल्जियमले जनाएको छ ।

संघको सदस्यता लिनका लागि १८ वर्ष पूरा भएको, बेल्जियम बसाइको आधारिकता पुष्टि हुने कागजात भएको (परिचय पत्र वा सवारीचालक अनुमति पत्र) को अघिल्लो र पछिल्लो भागको फोटोकपी, सदस्यता शुल्कबापत १० युरो बैंक दाखिला भएको प्रमाण अनिवार्य अनलाइनमार्फत समाबेस गर्नुपर्ने प्रावधान थियो ।

तीर्थराज धमलाले सदस्यताको लागि आवश्यक कागजात पुरा गरे पछि समितिभित्र सहमति जुटेमा संघको निर्णयअनुसार सदस्यता वितरणको समयसीमा केही समयका लागि थप गर्न सकिने जानकारी दिए ।

संघको नेतृत्वको लागि आइसीसी सदस्य अनुजा प्रधान, सिपी भट्ट, खड्क केसीले दावी प्रस्तुत गरेका छन् ।

यसअघि संघको निर्वाचनको लागि लोक दाहालको संयोजकत्वमा एक निर्वाचन समिति गठन गरिएको छ ।