१३ जेष्ठ २०८१, आईतवार
Follow Us

माओवादी केन्द्रका अध्यक्ष दाहाल नारायणी नदी कटान क्षेत्रमा

नेपालब्रिटेन संवाददाता
८ असार २०७८, मंगलवार ०६:५३

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत निरीक्षण गर्दै समस्याका बारेमा जानकारी लिनुभएको छ ।

आज भरतपुर महानगरपालिका वडा न. २६ को सिसई क्षेत्रको अनुगमन गर्दै नारायणी र राप्ती नदीको डुबान र कटानको समस्या स्थायी रूपमै समाधान गर्न आफूले यसको विस्तृत गुरूयोजना बनाई काम अगाडि बढाएकोमा र आवश्यक बजेटको सुनिश्चियताको लागि आफू लागिरहेको वताउनुभयो ।

सो अवसरमा अध्यक्ष प्रचण्डले स्थानिय डुबानको पिडामा परेका समुदायलाई सुरक्षित रहन आग्रह गर्दै नारायणी नदिको बर्षेनी हुने डुबान र कटानको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा स्थानियले डुवान, कटान र असार पहिलो हप्ता आएको बाढीले पारेको क्षतिका बारेमा जानकारी गराएका थिए ।