१३ जेष्ठ २०८१, आईतवार
Follow Us

कर्मचारी अस्मिता हत्या भएको पुष्टि

नेपालब्रिटेन संवाददाता
८ असार २०७८, मंगलवार ०७:०३

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–८ स्थित स्वास्थ केन्द्रमा कार्यरत कर्मचारी अस्मिता धामीको हत्या गरिएको पुष्टि भएको छ । असार ५ गते परशुराम नगरपालिका –९ स्थित सामुदायिक वनमा हत्या गरिएको अवस्थामा फेला परेकी धामीको हत्या गरिएको सुदूरपश्चिम प्रहरी कार्यालयले जानकारी दिएको छ ।

असार २ गते परशुराम नगरपालिका–८ जमरानीबाट कोरोना भाइरस विरुद्धका बाँकी रहेका खोप पुर्याउन जोगबुढा अस्पताल जाने क्रममा बेपत्ता भएकी धामीको असार ५ गते परशुराम नगरपालिका–९ स्थित हट्वानी सामुदायिक वनमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । शव पोष्टमार्टमका लागि जोगबुढा अस्पताल लगिएको थियो ।

अस्पतालमा दक्ष जनशक्तिको अभावमा पोष्टमार्टम गर्न ढिलाई भएको थियो । तीन दिनपछि मात्रै पोष्टमार्टम रिपोर्ट आएको प्रहरीले जानकारी दिएको छ ।

धामीको हत्या भएको पुष्टि भएपनि बलात्कारपछि हत्या गरिएको हो की होइन भनी प्रष्ट पार्न डिएनए टेष्ट गर्नुपर्ने चिकित्सकहरुको सल्लाह छ । सोही बमोजिम धामीको नमूना संकलन गरी डिएनए परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।