११ जेष्ठ २०८१, शुक्रबार
Follow Us

एमालेको दशौं राष्ट्रिय महाधिवेशन बैठकमा नेपालसहित ११ नेताबाहेक सबैलाई निमन्त्रणा

नेपालब्रिटेन संवाददाता
१५ असार २०७८, मंगलवार १२:५७

काठमाडौँ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूलाई पनि बोलाइएको छ ।

बुधबार बिहान ११ बजे बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल समूहका केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

तर वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायत एघार जनालाई भने बोलाइएको छैन । अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा नेता खनाल, नेपाल सहितलाई पार्टीबाट निष्कासन गरेका थिए ।