२४ बैशाख २०८१, सोमबार
Follow Us

पोखरा महानगरपालिका प्रमुख जिसीलाई हृदयघात

नेपालब्रिटेन संवाददाता
१ श्रावण २०७८, शुक्रबार ०६:३६

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई हृदयघात भएको छ । महानगरपालिका प्रमुख जिसीलाई शुक्रबार बिहान लगभग ४ बजे हृदयघात भएको हो ।

अहिले पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए । थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौंस्थित न्यूरो अस्पतला लैजाने तयारी भएको छ ।

स्वास्थ्यकर्मीका अनुसार मेयर जिसीको अवस्था खतरामुक्त छ । स्वास्थ्यकर्मीले भने, “उहाँ सामान्य बोलचाल गर्न सक्ने भएपनि ह्रदयाघातका कारण एक नशा ब्लक भएको देखिएको छ ।”