११ जेष्ठ २०८१, शुक्रबार
Follow Us

जसपाका नेताहरु बालकोटमा

नेपालब्रिटेन संवाददाता
२ श्रावण २०७८, शनिबार ०४:४०

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु बालकोट पुगेका छन् ।

जसपा अध्यक्ष ठाकुरसहित नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा शनिबार बिहान बालकोट गएका हुन् ।

अध्यक्ष ओलीसँग जसपा नेताहरुले आगामी संसद अधिवेशन, प्रधानमन्त्रीलाई दिने विश्वासको मतलगायतका विषयमा छलफल गर्ने बताइएको छ । नयाँ प्रधानमन्त्री चयन भएपछि सत्ता सहकार्य गरेका दुई दलबीच आगामी रणनीतिबारे पनि छलफल हुने छ ।