२१ बैशाख २०८१, शुक्रबार
Follow Us

वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

नेपालब्रिटेन संवाददाता
६ श्रावण २०७८, बुधबार ०४:१६

काठमाडौँ। वरिष्ठ कलाकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य उत्तम नेपालीको निधन भएको छ । उनको बुधवार बिहान ४ बजे मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा निधन भएको हो । ८५ वर्षका नेपालीलाई केही दिनदेखि मुटुको समस्या थियो । उनको परिवारमा दुई छोरीहरू छन् ।