२१ बैशाख २०८१, शुक्रबार
Follow Us

कास्की आर्दश समाज साउदीको अध्यक्षमा सापकोटा

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०७८, शनिबार ०३:५५

साउदी अरेबिया । साउदी अरेबियामा कास्की आर्दश समाजले दोस्रो बार्षिक उत्सव तथा प्रथम अधिवेशन सम्पन्न गरेको छ भने अधिवेशनबाट सर्बसहमतीमा अमर सापकोटालाई अध्यक्षमा चयन गरेको छ । प्रथम अधिवेशनबाट २०२१-२०२३ को लागी सापकोटाको अध्यक्षतामा भौगोलिक हिसाबले २१ जनाको कार्यसमिति चयन गरेको हो ।

संरक्षक अमृत पौडेल प्रमुख सल्लाहकार शिवबहादुर ढकाल, सल्लाहकार रमकान्त सापकोटा टीका केसि, हिमलाल सेवा, खेम गुरुङ, किरणकुमार पुरि, शङ्कर थापा, प्रबक्ता कमल शाही ठकुरी, अध्यक्ष अमर सापकोटा, प्रथम उपाध्यक्ष ओमबहादुर कुमाल, दिर्तिय उपाध्यक्ष रबि सापकोटा, तृतीय उपाध्यक्ष लक्ष्मी पौडेल, महासचिव मनिष थापा, सचिव बुध्दी भुजेल कोषाध्यक्ष तुलसी राम भण्डारी, सहकोषाध्यक्ष गिता आले मगर रहेका छन भने सदस्यमा रेशम केसि, ओमबहादुर गुरुङ, भोजराज पौडेल, सिर्जना गुरुङ, अर्जुन छेत्री, राम गुरुङ, मनकाजी गुरुङ, लक्ष्मी पौडेल छेत्री, शन्तोष गुरुङ, भरत पौडेल, सिर्जना भण्डारी, नन्दराज परियार, बिष्णु ढकाल, खिम गुरुङ, युक्त ज्वार्चन, बुद्धिप्रसाद पौडेल रहेका छन ।

कोरोना भाइरस र साउदीको नियमलाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि कास्की आर्दश समाज अन्तरास्ट्रिय परिषद आइ सी सी अध्यक्ष गोबिन्द पौडेलको रहेको थियो भने बिशिष्ट अतिथिमा साउदीका संस्था संरक्षक तथा अन्तर संस्था समन्वय समिति रियादका अध्यक्ष अमृत पौडेल, कास्की आर्दश समाज मध्यपूर्व संयोजक कृष्ण पुरी , परिषदका पदाधिकारीहरू, सामाजसेवी दिपक रेग्मी एन आर एन का मानार्थ सदस्य रमेश भण्डारी लगायत साउदीमा रहेका भातृसंगठन, एन आर एन, सामाजिक संघसंस्था, सामाजिक व्यक्तित्व, कलाकार, मिडीया कर्मी, कास्कीले गैर कास्केलीको बाक्लो उपस्थिति रहेको थियो ।

संस्थाका महासचिव मनिस थापाले कार्यक्रम संचालन गदै संस्थाका आर्थिक बिबरण सहित संस्थाले गरेका गतिविधि बारे जानकारी गराएका थिए भने कार्यक्रम प्रतिनिधी गदै उपस्थित एन आर एन, भातृसंगठन संघसंस्था , तथा सामाजिक व्यक्तित्व, मिडीयाकर्मी हरूले आफ्नो मन्तब्य दिदै सबैले संस्थाले गरेको क्रियाकलाप प्रती धन्यवाद व्यक्त गदै संस्थालाई आवश्यक पर्ने सहयोग निरन्तर गदै जाने प्रतिवद्धता गदै नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन ।