२५ श्रावण २०८२, आईतवार
Follow Us

९१ लाख नगदसहित हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ

नेपालब्रिटेन डट कम्
२६ श्रावण २०७८, मंगलवार २३:०२

काठमाडौं । प्रहरीले हुण्डी कारोबारीलाई पक्राउ गरी ९१ लाख रुपैया बरामद गरेको छ । काठमाडौंको गणबहालबाट हुण्डी कारोबारमा संलग्न चार जनालाई पक्राउ गर्दे सो रकम बरामद गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले आरोपीहरुको साथबाट ९१ लाख ९६ हजार रुपैयाँ बरामद गरेको परिसरले जनाएको छ । पक्राउ पर्नेमा तनुज अग्रवाल, नितेश श्रेष्ठ, नर बहादुर खड्का र अर्जुन चौलागाईं छन् । हुण्डी कारोबारका मुख्य आरोपी तनुज अग्रवाल रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले जानकारी दिए ।

काठमाडौं महानगरपालिका–२२ गणबहाल स्थित तनुजको घरमा छापा मारेर प्रहरीले सो रकम बरामद गरेको हो । पक्राउ परेका अन्या तीन जना तनुजका सहयोगी रहेको प्रहरीले जनाएको छ ।

धेरै पढिएको