६ जेष्ठ २०८१, आईतवार
Follow Us

सुनको मूल्यमा सामान्य वृद्धि

नेपालब्रिटेन डट कम्
२९ श्रावण २०७८, शुक्रबार ०५:२३

साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बढेर तोलामा ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ८९ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच शुक्रबार चाँदीको मूल्य भने रु ५ घटेको छ । बिहीबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ११८५ रुपैयाँमा कारोबार भएको हो।