२६ श्रावण २०८२, सोमबार
Follow Us

थप २७ जनाको मृत्यु, ३९१५ जना संक्रमित

नेपालब्रिटेन संवाददाता
२९ श्रावण २०७८, शुक्रबार १२:४७

काठमाडौं । कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । ३ हजार ९ सय १५ जना संक्रमित थपिएका छन् । ११ हजार ७ सय ८ पीसीआर परीक्षण गर्दा २७ सय ६३ र ६ हजार ८ सय ७४ एन्टीजेन परीक्षणमा ११ सय ५२ जना संक्रमित पहिचान भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा करिब ११ सय छन् ।

काठमाडौँमा ७ सय ९९, भक्तपुरमा १ सय ६२ र ललितपुरमा १ सय २८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक थप २ हजार १ सय १८ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ९८ पुगेको छ । त्यसैगरी सघन उपचार कक्षमा ७ सय ३६ र भेन्टीलेटरमा १८६ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

धेरै पढिएको