६ जेष्ठ २०८१, आईतवार
Follow Us

बालबालिकाका लागि ४० लाख खोप किन्ने सम्झौता

नेपालब्रिटेन संवाददाता
२९ श्रावण २०७८, शुक्रबार १२:४८

काठमाडौं । बालबालिकाका लागि सरकारले ४० लाख खोप किन्ने सम्झौता गरेको छ । सरकारले १२ देखि १७ वर्षका बालबालिका तथा किशोर किशोरीका लागि लक्षित गरी मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको हो । यो खोप मार्च २०२२ सम्म नेपाल ल्याइने बताइएको छ ।

विश्व बैंकको वित्तिय सहयोगमा कोभ्याक्ससँग लागत साझेदारीमार्फत खरिद गरिने खोपका लागि खोप सम्बन्धित विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता भएको हो ।

यससँगै नेपाल कोभ्याक्ससँग लागत-साझेदारी विकल्प उपयोग गर्ने दक्षिण एसियाकै पहिलो रहेको छ । ‘यो खोपले १२ बर्ष उमेर माथिका नेपालीलाई खोपको विकल्प विस्तार गर्न मद्दत गर्नेछ’, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले भने ।

नेपाल, माल्दिभ्स तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले यो सहयोग समग्र कोभिड प्रतिकार्यको एक मुख्य अंश भएको बताए ।