२४ बैशाख २०८१, सोमबार
Follow Us

रुखमुनि लगेर पाल्छ भनेर विवाह गरिदिए

नेपालब्रिटेन डट कम्
३ माघ २०७३, सोमबार १४:०६

उषा शाह, वरिष्ठ पोषणविद्
पोषण क्षेत्रमा विज्ञता हासिल गरेकी उषा शाह यतिबेला ग्रान्डी अस्पतालमा कार्यरत छिन् । लामो समय प्रहरी सेवामा बिताएकी शाह खानपान र आहारविहारमा ध्यान नपु¥याउँदा डाइबिटिज अनियन्त्रित रूपमा फैलिरहेको बताउँछिन् । सन्तुलित भोजन, पे्रम र जीवन तथा वर्तमान समाजबारे उषासँग तरुणले गरेको कुराकानी ः

० पोषणलाई कसरी बुझ्ने ?
– पोषण भनेको स्वास्थ्य खानेकुरा र कुन रोगका लागि के कसरी खाने भन्ने कुरा पनि पोषणले सिकाउँछ । सन्तुलित आहारा र पोषण बेग्लाबेग्लै हो । स्वास्थ मानिसका लागि आवश्यक पौष्टिक तत्व मिलेको खानालाई सन्तुलित आहारा भनिन्छ भने रोगअनुसारको खानेकुरा मिलाउनुलाई पोषण भनिन्छ ।

० कस्ता रोगीले पोषणमा ध्यान दिनु पर्छ ?
– पछिल्लो समय मधुमेहका रोगी बढ्दै गएको पाइन्छ । विगतमा ६० वर्ष नाघेका व्यक्तिलाई मात्र मधुमेह लाग्थ्यो, तर अहिले २० वर्षमुनिका समेत मधुमेहपीडित छन् ।

० मधुमेह किन फैलिइरहेको छ ?
– आहार विहार नै यो रोग लाग्नुको मुख्य कारण हो । धेरै खाने, पचाउन कसरत नगर्ने र सुखसयल जीवनयापन खोज्नेलाई मधुमेह भएको पाइन्छ । वंशाणुगत पनि मधुमेह हुन्छ ।

० कस्तामा मानिसमा मधुमेह बढी पाइएको छ ?
– यसको कुनै मापदण्ड नै छैन । विदेशमा काम गरेर फर्किएकाहरू, बच्चा, गर्भवती महिलालगायत सुविधाभोगी मानिसलाई यो रोगले समातेको पाइएको छ । पछिल्लो समय दक्षिण एसियाली देशमा यो रोग तीव्र रूपमा फैलिएको पाइन्छ ।

० अल्छे र स्वादेलाई यो रोग लाग्छ ?
– त्यसो भनिहाल्न त मिल्दैन, यद्यपि बढी पौष्टिक तत्व भएको खानेकुरा खाने र नित्य व्यायाम नगर्ने, मोटोपना भएका मानिसमा उच्च रक्तचाप र मधुमेह पाइएको छ ।

० मानिसलाई उच्च रक्तचाप र मधुमेह भयो भने के हुन्छ ?
– संवेदनशील अंगहरूलाई क्षति पु¥याउँछ । जस्तो किड्नी, आँखा, मुटु, खुट्टालगायतका अंगलाई क्षति पुग्छ ।

० यदि भइहाल्यो भने के गर्ने ?
– हुन नदिने सजगता अपनाउने, यदि भइहाल्यो भने त्यसलाई नियन्त्रणमा राख्ने । त्यसलाई नियन्त्रणमा राख्न पोषण र व्यायाम महत्वपूर्ण हो । चिल्लो, गुलियो कम खाने, डाक्टरले सिफारिस गरेको खाना र औषधि सेवन गर्नुपर्छ । यी रोगका लागि वैद्यको औषधि, झारफुकले नियन्त्रणमा राख्न सकिँदैन । औषधिसँगै खानपान र आहारविहार महत्वपूर्ण हुन्छ ।

० कस्तो खाना खान सिफारिस गर्नुहुन्छ ?
– छोक्रा हुने अन्न र खोस्टा हुने दालसँग ठिक्क मात्रामा माछामासु, गुडागुडी, फलफूल र सागसब्जी सेवन गर्नुपर्छ । विशेषगरी खस्रा चिज कोदो, फापर, मकैलगायतका अन्न सेवन गर्दा राम्रो हुन्छ ।

० यो न्यूट्रेसनसम्बन्धी अध्ययन कहाँ गर्नुभयो ?
– पद्मकन्या कलेजमा मैले न्यूट्रेसनको अध्ययन गरेको हुँ, त्यसपछि डाइटिएयसनसम्बन्धी अध्ययन अस्ट्रेलियामा गरेकी हुँ । त्यसबीचमा २५ वर्ष प्रहरी सेवामा रहें ।

० प्रहरी सेवामा कुन पदसम्म पुग्नुभयो ?
– एसएसपीबाट अवकास पाएँ । प्रहरी सेवामा रहँदा पनि विभिन्न क्लिनिकमा काम गर्थें । अहिले ग्रान्डी अस्पतालमा पूर्ण समय काम गर्छु ।

० न्यूट्रेसन पढ्नुपर्छ भनेर कसले पे्ररणा दियो ?
– अभिभावककै पे्ररणा हो, विवाहपछि श्रीमान्ले उच्च शिक्षा हासिल गर्न पे्ररित गर्नुभयो । श्रीमान् प्राध्यापक करण शाह हुन् । उहाँकै पे्ररणाले यो विषयमा स्नातकोत्तर गरेकी हुँ ।

० पे्ररणादायी श्रीमान् भेट्टाउनु भयो होइन ?
– हो, उहाँको सहयोग नभएको भए केही गर्न सकिँदैन थियो, पुलिसको जागिर भीआईपीको खाना सुरक्षाका लागि जुनसुकै बेला काममा खटिराख्नुपथ्र्यो । श्रीमान्को सपोर्ट नहुने हो भने सम्भव हुँदैन ।

० बुवा के गर्नुहुन्थ्यो ?
– मेरो बुवा (परिचितनरसिंह राणा) निजामती कर्मचारी हुनुहुन्थ्यो । उहाँ कर्मचारी सञ्चयकोषका संस्थापक हुनुहुन्छ । राणा परिवार भए पनि प्रजातन्त्र पक्षधर हुनुहुन्थ्यो । २००७ सालको सहिद काण्डमा सगोत्री भएर मृत्युदण्डबाट जोगिनु भएको थियो । त्यही बेला शान्ति निकेतनबाट आईए र मुम्बईबाट अर्थशास्त्रमा डिग्री लिनुभएको थियो ।

० कति दिदीबहिनी हुनुहुन्छ ?
– हामी धेरै दिदीबहिनी हौं, जेठी हुँ, माइली अस्कलमा पढाउँछिन्, साइँली रत्नराज्यमा पढाउँथिन् । उनको विवाह कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीसँग भएको हो । गत वर्ष निधन भयो । एउटी बहिनी प्रहरी सेवामा एसपी छिन् । हाम्रो एउटा भाइ छ ।

० सबै एक से एक हुनुहुँदो रहेछ नि ?
– भन्नुप¥यो, यो हाम्रा बुवाको देन हो । सुखसयल भए पनि अध्ययन हाम्रो पहिलो प्राथमिकतामा पथ्र्यो । हामीलाई मात्र होइन, धादिङमा रहेका उहाँका भान्जीहरूलाई समेत बनारस पढ्न पठाउनु भएको थियो ।

० पे्रम विवाह गर्नुभएको हो ?
– होइन, मागी विवाह हो, स्वयंम्बरका बेला मात्र मैले उसको अनुहार देखेँ । ठिकै लाग्यो, छिः भन्ने खालको रहेनछ ।

० विवाह कसरी सम्भव भयो ?
– आर्मीको क्यान्टिनमा बुवा गोली किन्न जानु भएको रहेछ, बुवाको उससँग त्यहीँ भेट भएको रहेछ । ऊ डडेल्धुराको शाही खानदान, त्यसबेला हिमचितुवाबारे अनुसन्धान गर्दैरहेछ । यत्तिको पढेको केटाले मेरी छोरी रुखमुनि राखेर पनि पाल्छ भन्ने बुवालाई लागेछ र, कुरा अघि बढाउनुभएछ । तिमीहरूले केटो रोजेको छ भने पनि भन्नु विवाह गर्दिन्छु, पोइल नजानू भन्नुभएको थियो । त्यसैले तिमीले खोजेको हामीले रोज्ने भनेर बुवासँग सहमति भएको थियो ।

० राणा परिवारमा बुवालाई तिमी भन्न पाइन्छ ?
– बुवालाई मात्र होइन, श्रीमान्लाई पनि म तिमी भन्छु । बुवाले नै हामीलाई तिमी भन्न लगाउनु भएको हो । तिमी शब्दमा जति आत्मीयता छ, हजुर तपाईंमा छैन । अपनत्वका लागि भए पनि हामी परिवारमा बुवालाई तिमी भन्थ्यौं ।

० श्रीमान्ले ‘माइन्ड’ गर्नुभएन ?
– श्रीमान्को परिवारबाट चाहिँ ‘अब्जेक्सन’ आएको थियो । तर श्रीमान्ले नै तिमी भन्न स्वीकृति दिएका हुन् । आफ्नो बुवालाई तिमी भने, पार्टनरलाई तिमी भन्नु मेरा लागि ठूलो कुरा लागेन । तिमी शब्द मलाई आत्मीय लाग्छ ।

० बोलीमा भाँती नपु¥याउनेको त राणा परिवारमा सम्बन्ध विच्छेद हुन्छ रे नि ?
– हाम्रो परिवारमा अहिलेसम्म सम्बन्ध विच्छेदको घटना सुन्नु परेको छैन । मुखले चाहिँ हजुर भन्ने र व्यवहार चाहिँ तिम्रो गर्नेहरूको सम्बन्ध विच्छेद हुन्छ । हामी तिमी भने पनि व्यवहार हजुरको गर्छौ ।

० सम्बन्ध विच्छेदको संख्या बढ्दो छ नि ?
– हो, तर यो राम्रो संकेत होइन । बुझाईमा फरक पर्नाले सम्बन्ध विच्छेदको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । यस्ता घटनामा दुवै दोषी हुन सक्छन् । एकाध घटनाबाहेक बुझाईमा समानता आयो भने सम्बन्ध विच्छेदको घटना न्यूनीकरण हुन सक्छ ।