काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आज स्थायी कमिटी र संसदीय दलको बैठक बस्ने भएको छ । आज बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठकलगत्तै संसदीय दलको बैठक बस्ने जनाइएको छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै एमाले अध्यक्ष केपी ओलीले बैठक बोलाएका हुन । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै ओलीले आपत्ति प्रकट गरेका छन ।
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी छन । यससँगै सरकारले दल विभाजसम्बन्धी अध्यादेश ल्याउने आशंका गर्दै एमालेले छलफलका लागि स्थायी समिति र संसदीय दलको बैठक बोलाएको हो ।
पार्टीको विवाद अन्त्य गरेर एकता गर्न प्रयासरत एमालेको आजका दुवै बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि बोलाइएको छ । तर नेपाल पक्ष सहभागी हुने या नहुने भन्नेबारे केही खुलाइएको छैन ।