२२ बैशाख २०८१, शनिबार
Follow Us

यम बुद्धको पोस्टमार्टम रिपोर्ट आएको छैन — परिवार

नेपालब्रिटेन डट कम्
५ माघ २०७३, बुधबार १२:२०

लन्डन । चर्चित रयापर अनिल अधिकारी (यम बुद्ध) को पोस्टमार्टम रिपोर्ट अझैं परिवारको हातमा नपरेको बताएको छ । बिभिन्न संचार माध्यले पारिवारीक स्रोतको हवला दिदैं पोस्टमार्टम रिपोटको बारेमा लेखेको समाचारमा कुनै सत्यता नरहेको पारिवारीक स्रोतले जनाएको छ । हामी पनि अचम्मित छौं हस्पिटलले हुलाक मार्फत रिपोट पठाएको जनाएको हो तर अझ सम्म हात परेको छैन् स्रोतले भन्यो । स्रोतले बुधबार दिउँसो सम्म उक्त रिपोट प्राप्त नभएको जानकारी दिएको छ ।

स्रोतका अनुसार उनको पोष्टमार्टम रिपोट आए पछि लाश नेपाल लैजाने बिषयमा निर्णय गर्ने बताएको छ । नेपालको चर्चित र लोकप्रिय गायकको दुःख समाचार लेख्दा संयमित भैदिन उनको परिवारले आग्रह समेत गरेको छ ।

यसअघि संचार माध्यमा आत्महत्या नै भएको देखिएको भन्ने समाचार आएका थिए ।
शनिबार बिहान लन्डनस्थित आफ्नै निवासमा उनी बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका थिए ।