२६ पुष २०८२, शनिबार
Follow Us

डा. गोविन्द केसीका माग कार्यान्वयनका लागि समिति गठन

नेपालब्रिटेन संवाददाता
१५ भाद्र २०७८, मंगलवार ०६:०३

काठमाडौँ । सरकारले डा. गोविन्द केसीसँग गरेको पाँच बुँदे सहमति कार्यान्वयनका लागि समिति गठन गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्र रमण सिंहको संयोजकत्वमा समिति गठन भएको हो।

समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सदस्य रहेका छन्। प्रधानमन्त्री देउवाले भदौ १ गते ५ बुँदे प्रतिबद्धता जनाएपछि भदौ ३ बाट बस्ने भनिएको डा. केसीको अनसन स्थगित भएको थियो ।

धेरै पढिएको