२२ माघ २०८२, बिहीबार
Follow Us

कांग्रेसले एनआरएनए अध्यक्षको उम्मेदवार नतोक्ने

नेपालब्रिटेन संवाददाता
७ आश्विन २०७८, बिहीबार ०२:३६

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दसौं महाधिवेशनका लागि नेपाली कांग्रेसले अध्यक्षको उम्मेदवार नतोक्ने निर्णय गरेको छ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको हिजो बुधबार बसेको बैठकले उम्मेदवार नतोक्ने तर संयोजन गर्ने निर्णय गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

एनआरएनए संयोजकसमेत रहेका महामन्त्री पूर्णबहादुर खड्काले एनआरएनएमा अध्यक्षको उम्मेदवार तोक्न पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । बैठकमा एनआरएनए अध्यक्षका प्रत्यासी कुल आचार्य र रविना थापा तथा र महासचिवका उम्मेदवार डा. केशव पौडेलका विषयमा केही छलफल भयो । पार्टीमा जनसम्पर्क समिति हेर्ने गोविन्द भट्टराईले वस्तुस्थितिबारे ब्रिफिङ गरेका थिए । अध्यक्षका प्रत्यासी कुल आचार्य र रविना थापामध्ये कसले चुनाव जित्छ भन्ने विषयमा केही समय विमर्श भएको थियो ।

बैठकले तत्काल पार्टीको आधिकारिक उम्मेदवार घोषणा नगर्ने निर्णय गरेको थियो । यद्यपि दुई उम्मेदवारबीच समन्वय गरेर अघि साझा उम्मेदवार खोज्ने निर्णय भएको मुख्यसचिव पौडेलले बताए । पार्टीको यही निर्णयको पर्खाइमा बसेकी रविना थापाले आज बिहीबार साढे २ बजे याक एन्ड यति होटलमा अध्यक्ष पदको उम्मेदवारको घोषणा गर्दैछिन् ।

धेरै पढिएको