१६ असार २०८३, मंगलवार
Follow Us

एनआरएनए निर्वाचनमा उत्साहजनक उम्मेदवारी दर्ता, तीन दर्जनले हाले उम्मेदवारी

नेपालब्रिटेन डट कम्
२५ फाल्गुन २०७८, बुधबार १४:४५

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनका लागि तीन दर्जनभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

निर्वाचन समितिका अनुसार बुधवार बेलुकासम्म विभिन्न पदमा तीन दर्जनभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्।

अध्यक्ष पदका लागि अमेरिकाबाट रवीना थापा र रसियाबाट डा। बद्री केसीले उम्मेदवारी दर्ता गराएका छन्। थापा र केसी वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा छन्।

यस्तै उपाध्यक्षको लागि अष्ट्रेलियाबाट धर्मराज अधिकारी, बेलायतबाट डा। हेमराज शर्मा, ओमनबाट डिबी क्षेत्रीलगायतको उम्मेदवारी परेको छ। महिला उपाध्यक्षमा साउदी अरबबाट यासमिन बेगम सैयदले उम्मेदवारी दिएकी छिन्। यस्तै अफ्रिकाबाट रोशन थापाले युवा उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी महासचिवमा अमेरिकाबाट गौरीराज जोशी र बेलायतबाट विनय अधिकारीले उम्मेदवारी दिएका छन्। सचिवमा अमेरिकाबाट शंकर खड्का, बेलायतबाट रामशरण सिम्खडा, जापानबाट ओम गुरुङ, क्यानाडाबाट चिरनजीवी घिमिरेले उम्मेदवारी दिएका छन्। यसैगरी महिला सचिवमा हङकङबाट राधिका गुरुङले उम्मेदवारी दर्ता गराएकी छिन्।

यस्तै महिला सहकोषाध्यक्षमा अमेरिकाबाट युमना भट्टराईले उम्मेदवारी दर्ता गराएकी छिन्। यसैगरी युवा संयोजकमा डेनमार्कबाट रवीन्द्र खड्काले उम्मेदवारी दिएका छन्। महिला संयोजककमा बेलायतबाट संगिता मरहठ्ठाले उम्मेदवारी दर्ता गराएकी छिन्।

युरोप क्षेत्रीय संयोजकमा जर्मनीबाट सन्तोष भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्। ओसिनिया क्षेत्रीय संयोजकमा भने अष्ट्रेलियाबाट दिनेशराज जोशी र न्यूजील्याण्डबाट लाल केसीले उम्मेदवारी दर्ता गराएका छन्। मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदीबाट राजेन्द्र अर्याल ९जोन० को उम्मेदवारी परेको छ। यस्तै एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा जापानबाट पारसमणि पोखरेलले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ।

यसैगरी एसिया प्यासिफिक महिला संयोजकमा मकाउबाट शान्तिदेवी अधिकारीले उम्मेदवारी दिएकी छिन्।

यस्तै युरोप क्षेत्रीय उपसंयोजक पदका लागि जर्मनीबाट नवराज रोसायर र बेलायतबाट ललित न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्। यता एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा जापानबाट दलिवल खड्का र चीनबाट नवीन विकले उम्मेदवारी दिएका छन्।

सोमबारबाट सुरु भएको मनोनयन दर्ता शुक्रबार बेलुका ५ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ।

एनआरएनएको नयाँ नेतृत्वका लागि २४ र २५ मार्चमा निर्वाचन हुँदैछ।

धेरै पढिएको