ताजा खबर

नुवाकोटको म्यागङमा ९४ मत ल्याएर कांग्रेस विजयी

काठमाडौँ । नुवाकोटको म्यागङ गाउँपालिका १ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

स्थानीय तह निर्वाचनको जारी मतगणनाको परिणामअनुसार कांग्रेसका जिमाबहादुर तामाङ ९४ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका हुन्।

नुवाकोटका पत्रकार रामहरि न्यौपानेका अनुसार वडाध्यक्ष तामाङ प्यानलसहित विजयी भएका हुन्।

वडा नम्बर १ मा ४ सय मतदातामध्ये २५६ जनाले मतदान गरेका थिए।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्