२१ फाल्गुन २०८२, बिहीबार
Follow Us

शर्मामाथि छानबिनका लागि थप ७ दिन समय माग्ने संसदीय समितिको निर्णय

नेपालब्रिटेन संवाददाता
४ श्रावण २०७९, बुधबार १४:०९

काठमाडौँ । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले तोकिएको समयमा काम नसक्ने निश्चित भएको छ । समितिको आज (बुधबार) बसेको बैठकले समय नपुगेको भन्दै ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको स्रोतले बतायो ।

सभामुख अग्नि सापकोटाले संसदीय समितिलाई छानबिनका लागि १० दिनको समय दिएका थिए । त्यसमा आज आठौँ दिन गुज्रिसकेको छ । अझै केही व्यक्तिहरुको बयान लिन बाँकी नै रहेको छ भने सिसिटिभीको हार्ड डिक्स परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको छ ।

बयान सकेर फरेन्सिक ल्याबबाट सिसिटिभी रिकभर भएपश्चात् मात्रै समिति निष्कर्षमा पुग्न सम्भव हुन्छ । त्यसका लागि थप केही दिन लाग्ने भएपछि समितिले सभामुखसमक्ष आग्रह गर्ने निर्णय गरेको हो ।

धेरै पढिएको