२ बैशाख २०८३, बुधबार
Follow Us

नेपालमा थप ७६० जना कोरोना संक्रमित थपिए

नेपालब्रिटेन संवाददाता
१९ श्रावण २०७९, बिहीबार १४:२७

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ९२६ जनाको परीक्षणमा गर्दा ७६० जनामा संक्रमित पुष्टि भएको हो ।

दुई हजार ५८९ जनाको पिसिआर परीक्षणमा ४९४ र तीन हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३२४ जना कोरोना संक्रमित निको भएका छन् । सोही अवधिमा एक जनाको ज्यान गएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या ११ हजार ९६९ पुगेको छ ।

धेरै पढिएको