२० माघ २०८२, मंगलवार
Follow Us

टर्कीमा रहेका नेपालीहरुलाई एनआरएनएले सहयोग गर्ने

नेपालब्रिटेन डट कम्
२६ माघ २०७९, बिहीबार ०९:३२

टर्कीमा रहेका नेपालीहरुलाई एनआरएनएले सहयोग गर्ने

लण्डन् । गैरआवासीय नेपाली संघले टर्कीमा भूकम्पमा परेर अप्ठ्यारोमा परेका नेपालीहरुलाई सहयोग गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार भुकम्प गएको थाहा हुनासाथ एनआरएन टर्कीलाई सम्पर्क गरी सहयोग लागि आवस्यक कदम चाल्न निर्देशन दिदै नेपालीहरुको स्थिति के कस्तो छ भन्ने जानकारी संघले लिएको छ।
टर्कीमा रहेका भूकम्पपिडित नेपालीहरुलाई जुन सुकै सहयोग गर्न गैर आवासीय नेपाली संघ तयार रहेको र टर्किस जनतालाई सहयोग गर्न चन्दा र रगत संकलन गरी सहयोग गर्न तयारी अवस्थामा रहेको डा. केसीले बताए ।

करिब दुइ हजारको हाराहारीमा नेपालीहरु टर्कीमा रहेका छन् भने भुकम्प ग्रसित क्षेत्रमा पन्ध्र जना विद्यार्थी, घरेलु कामदार तिन जना महिला र अन्य होटल मा काम गरिरहेका अन्य गरेर झन्डै २८ जना नेपालीहरु रहेको र त्यहाँ रहेका महिलाहरु संग उपाध्यक्ष श्यामकला राई सम्पर्कमा रहेको र अन्यसंग महासचिव डा बिनोद पौडेल सम्पर्कमा रहेको एनआरएनए टर्कीकी उपाध्यक्ष श्याम कला राईले जानकारी दिईन।

भूकम्प ग्रसित क्षेत्र मा रहेका २८ जना सबैसंग आफ्नो व्यक्तिगत सम्पर्क नभए पनि विद्यार्थी शकिल शैख र एन आर एन सचिव जावेद अन्सारी संग सम्पर्कमा भएको र अहिले धेरै नेपालीहरु सुरक्षित ठाउँ हरुमा स्थानन्तरण भैसकेको जानकारी एनआरएन टर्कीका महासचिव डा बिनोद पौडेलले दिनु भयो। आफुहरुले सम्पर्क व्यक्तिहरु तोकी सबै नेपालीहरुसंग सम्पर्कमा रही उनीहरुलाई आवश्यक परेको सहयोग गर्न तयार रहेको बताउनु भयो।

भुकम्पग्रसित क्षेत्रबाट विद्यार्थी शाकिल शैखले १८ वर्ष भन्दा मुनिका केहि विद्यार्थीहरुको र मानसिक रुप केहि त्रशित छन्न् र सहयोग पाएको खण्ड नेपाल जान चाहेको बताए ।
भुकम्प ग्रसित क्षेत्रमा भएका अन्य देशका अन्तर्राष्ट्रिय विद्यार्थीहरु आ आफ्नो देश फर्किएका छन्। नेपाली विद्यार्थीहरु छात्रवृतिमा पढन आएको र नेपाल फर्किए छात्रवृतिमा असर पर्ने भएको हुँदा केहि अप्ठ्यारो भएकोले नेपाल फर्कन गार्हो परेको र नेपाल सरकारले आफुहरुलाई सहयोग गरिदिन अनुरोध गरे।

पाकिस्तान राजदुतावास र परराष्ट्र मन्त्रालयसंग समन्वय गरी त्यहाँ रहेका नेपाली र नाबालिग विद्यार्थीहरुको जति सक्दो छिटो उद्दार गर्न डा. केसीले पहल गर्ने प्रतिवद्धता जनाए ।

टर्की र सिरियालाई केन्द्र विन्दु बनाई सोमबार गएको ७.८ र ७.५ रेक्टर स्केलका दुईवटा शक्तिशाली भूकम्पको झट्काले गर्दा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।

विनासकारी भूकम्पमा टर्की को मलात्या, गाजीअन्तेप, दियरबकिप सानलिउर्फा आदना भन्ने ठाउँ हरु प्रभावित भएका छन् भने, सिरियाको अलेप्पोमा क्षति भएको छ।

धेरै पढिएको