एनआरएनको लगानीलाई प्रोत्सान गर्न सरकारको नयां निर्णय, सरकारसंग मिलेर लगानी गर्न सकिने
गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्न सरकारले लगानी कम्पनी स्थापना गर्ने शर्तमा संशोधन गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको संशोधनपछि अब गैरआवासीय नेपालीले नेपाल सरकारसँगको सहकार्यमा नेपालमा कम्पनी खोल्न पाउने भएका छन् ।
गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्न कम्पनी स्थापनाको शर्त परिमार्जन गरिएको उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए । ‘उद्योगका रूपमा गैरआवासीय नेपालीलाई पनि सरकारसँगको संयुक्त लगानीमा कम्पनी खोल्न दिइनेछ,’ महानिर्देशक तिवारीले भने, ‘यसले गैरआवासीय नेपालीलाई नेपालमा प्रवेश गर्न सहज हुने विश्वास लिएको छ ।
परिमार्जित सर्तअनुसार अब नेपाल सरकार र गैरआवासीय नेपालीले संयुक्त लगानीका लागि लगानी कम्पनी स्थापना गर्न पाउनेछन् । त्यस्तो कम्पनीले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०१९ ले तोकेको क्षेत्रमा न्यूनतम रु १० करोडसम्म लगानी गर्न सक्नेछ। गैरआवासीय नेपालीहरूले सरकारसँगको सहकार्यमा स्थापना गरेका लगानी कम्पनीहरूलाई पूर्वाधारको ऋणपत्र र ऋणपत्रमा लगानी गर्न अनुमति दिइएको छ।
सरकारले त्यस्ता कम्पनीलाई आफ्नै कम्पनीबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्था पनि गरेको छ । गैरआवासीय नेपालीको लगानी रकम नेपाल बाहिर लैजाने व्यवस्था गर्न सरकारले छुट्टै कार्यविधि तोक्ने पनि विभागले जनाएको छ ।

