२१ भाद्र २०८२, शनिबार
Follow Us

सूचिकृत आयोजनामा एनआरएनएलाई लगानी गर्न खुल्ला

नेपालब्रिटेन संवाददाता
१५ जेष्ठ २०८०, सोमबार १६:३३

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएनए) लाई धितोपत्र बजारमा सूचिकृत भएका जलविद्युत् र अन्य वास्तविक क्षेत्रका कम्पनीमा लगानी गर्न खुला गरेको छ । आर्थिक वर्ष २०८०–०८१ को बजेटमार्फत् एनआरएनइलाई यो सुविधा उपलब्ध गराइने सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको बजेटमा उल्लेख छ ।

बजेट वक्तव्यको १४७ नम्बर बुँदामा भनिएको छ, ‘पुँजी वजारलाई पारदर्शी र प्रतिस्पर्धी बनाई लगानीकर्ताको हित सुनिश्चित गरिने छ । पुँजी बजारमा संस्थागत लगानीकर्तालाई प्रोत्साहित गरिनेछ । गैर आवासीय नेपालीलाई धितोपत्र बजारमा सूचीकृत भएका जलविद्युत र अन्य वास्तविक क्षेत्रका कम्पनीमा लगानी गर्न खुला गर्ने व्यवस्था मिलाइने छ । धितोपत्र औजारहरूको विस्तार र विविधिकरण गरिनेछ ।’

‘पुँजी बजारलाई सुदृढ र गतिशील बनाउन धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समयानुकूल संशोधन गरिनेछ । आवश्यक पूर्वाधार तयार गरी कमोडीटिज एक्सचेन्ज मार्केट तथा एसएमईज प्लेटफर्म सञ्चालनमा ल्याइने बजेटमा उल्लेख छ ।

धेरै पढिएको