१९ भाद्र २०८२, बिहीबार
Follow Us

‘कीर्ते, ठग, भ्रष्टाचारी, संगठित अपराधीबाहेक कोही तर्सनु पर्दैन’

नेपालब्रिटेन संवाददाता
२५ असार २०८०, सोमबार ०५:३२

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कीर्ते, ठग, भ्रष्टाचारी, संगठित अपराधीबाहेक कोही तर्सनु नपर्ने बताएका छन्।

मन्त्री श्रेष्ठले ट्विटर मार्फत, धनी-गरिब, सम्पन्न-विपन्नलाई छुट्टाछुट्टै कानुन नहुने भन्दै त्यस्तो अपेक्षा नगर्न पनि आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘देश र जनताको हित विरुद्ध आफ्नो व्यक्तिगत फाइदाको लागि कीर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्न बाहेक निर्दोष कोही तर्सनु पर्दैन। दोषी र अपराधीलाई भने छुट हुनेछैन,’ उनले ट्विट गर्दै भनेका छन्, ‘अनि धनी र गरिब, सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुन सक्दैन। त्यस्तो अपेक्षा नगरौं।’

धेरै पढिएको