१८ भाद्र २०८२, बुधबार
Follow Us

माओवादी केन्द्रले ३ महिना ‘जनतासँग माओवादी’ अभियान संचालन गर्ने

नेपालब्रिटेन संवाददाता
१७ श्रावण २०८०, बुधबार १३:५८

काठमाडौँ- नेकपा माओवादी केन्द्रले आउँदो भदौ महिनादेखि ३ महिनासम्म संगठन सुदृढिकरण अभियान चलाउने भएको छ ।

आजबाट सुरु पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै भदौ, असोज र कात्तिक महिनामा ‘जनतासँग पार्टी अभियान’ चलाउने जानकारी गराउनु भएको हो ।

त्यस्तै अभियानका क्रममा देशभरका सबै ६ हजार ७४३ वटै वडा समिति गठन गर्ने, सबै जातीय मोर्चाले आफ्नो जनसंख्याको कम्तीमा १० प्रतिशतलाई संगठित गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अभियानमा सबै समिति डिजिटल बनाउने, वार्षिक कार्यतालिका बनाउने, मंसिरमा विधान सम्मेलन गर्ने, सचिवहरुले प्रदेशको जिम्मेवारी लिने र सबै केन्द्रीय सदस्य वडा तहमा पठाउने पनि माओवादीको योजना छ ।

यसअघि आज विहान भएको नेकपा माओवादी केन्द्रको पदाधिकारी तथा स्थायी कमिटी बैठकले एजेण्डा तय गरेको थियो ।

धेरै पढिएको