१८ भाद्र २०८२, बुधबार
Follow Us

केपी ओलीलाई गणतन्त्र मन पर्दैन, संविधान खारेज गर्न खोज्दै छन्ः प्रचण्ड

नेपालब्रिटेन संवाददाता
२३ आश्विन २०८१, बुधबार ०४:५४

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओली विगतमा र अहिले पनि गणतन्त्रवादी नभएको आरोप लगाएका छन् । नेपाली सन्चार माध्यमका सम्पादकसंग बुधबार बिहान अन्तर्क्रिया गर्दै प्रचण्डले ओलीको सिद्धान्त बयलगाढावादी भएकोबारे सबै जानकार रहेको उल्लेख गरे ।

ओलीलाई समावेशीता, समानुपातिक प्रतिनिधित्व, संघीयता र गणतन्त्र पनि त्यति मन नपर्ने उनको भनाइ थियो । वर्तमान सत्ता गठबन्धन संविधान संशोधनका लागि नभई आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारीमाथि कारबाही गर्न थालेपछि भयभित भएर संसदका दुई प्रमुख दल मिलेको प्रचण्डले बताए ।

ओली संविधान संशोधनको पक्षमा नभई संविधान खारेजीको पक्षमा रहेको आरोप पनि उनले लगाए । विगतमा पनि संविधान मास्न ओलीले पटकपटक संसद विघटन गरेको स्मरण उनले गरे ।

धेरै पढिएको