लण्डन। गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीहरुलाई नेपाली नागरिकताको निरन्तरताको लागि निरन्तर पहल जारी राख्न आग्रह गरेका छन्। शुक्रवार गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसंगको भेटमा उनले उक्त कुरा बताएका हुन्।
संघका उपाध्यक्ष रामशरण सिमखडाका अनुसार, मन्त्री लेखकले संविधानद्वारा प्रदत्त गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा रहेका कानुनी अडचनहरु फुकाउन कानुन सचिवलाई निर्देशन दिएका छन्। यससँगै, समान पेन्सन र अधिकारको माग गरिरहेका भूपूगोर्खाहरुको मुद्दा सम्बोधन गर्न परराष्ट्र मन्त्रालयसंग सहजिकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
म्यानमार, थाईल्याण्ड, मलेसिया, सिगापुर, कम्बोडिया, मोरिशस र फिजीमा रहेका करिब पाँच लाख गैरआवासीय नेपालीहरुको अभिलेखिकरण गर्न सरकार प्रतिबद्ध रहेको पनि मन्त्री लेखकले बताए।