३ आश्विन २०८२, शुक्रबार
Follow Us

विपिन जोशीकी आमा र बहिनीद्वारा इजरायली राष्ट्रपतिसँग भेट

नेपालब्रिटेन संवाददाता
२ भाद्र २०८२, सोमबार ०६:५७

काठमाडौ । हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका लागि नेपालबाट इजरायल पुगेका आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले आईबार त्यहाँ राष्ट्रपति आइज्याक हर्जगसँग भेट गरेका न । नेपाली राजदूत धनप्रसाद पण्डितको साथमा पुगेकी विपिनकी आमा र बहिनीले राष्ट्रपतिलाई भेटका हुन् ।

जेरुसेलमस्थित राष्ट्रपति निवासमा भएको शिष्टाचार भेटमा उनीहरुले विपिन निर्दोष्पा विद्यार्थी भएको उल्लेख गर्दै उनको तत्काल रिहाइका लागि मानवीय पहल गरिदिन अनुरोध गरेका छन । राष्ट्रपति हर्जगले विपिन जोशी हमासको आकस्मिक आक्रमणका क्रममा अपहरणमा परेको विषय अब इजरायली पक्षका लागि पनि नौलो नभएको बताएका छन ।

उनले विपिनलाई इजरायलको आफ्नै नागरिक झैँ मानिएको बताउँदै रिहाइका लागि निरन्तर प्रयास गरिरहेको बताएका छन । यसै क्रममा, विपिनकी आमा र बहिनीले इजरायली संसदका अध्यक्ष आमिर ओहानासँग पनि भेट गरेका छन् । नेपाली दूतावासले जारी गरेको विज्ञप्तीमा विपिनको रिहाइका लागि इजरायली सरकार निरन्तर सक्रिय रहेको र नेपाल सरकारको तर्फबाट समेत उच्च तहमा पहल भइरहेको जनाएको छन ।

धेरै पढिएको