१८ भाद्र २०८२, बुधबार
Follow Us

चर्चित गायिका इन्दिरा गोलेको निधन

नेपालब्रिटेन संवाददाता
१८ भाद्र २०८२, बुधबार ०५:००

काठमाडौँ । चर्चित लोक दोहोरी तथा सेलो गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ। उनको गए राति १२ बजे ललितपुरको हत्तिवनस्थित आपार्टमेन्टमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेकी थिइन्। क्यान्सरको उपचारकै क्रममा उनको ५९ वर्षको उमेरमा निधन भएको हो।

ललितपुरको कोन्ज्योसोम गाउँपालिका भारदेउमा २०२३ साल कार्तिक ३ गते जन्मिएकी उनले ५ हजार भन्दा बढी गीतमा स्वर दिएकी छन्। उनले नेपाली लोक दोहोरी, तामाङ सेलो तथा भाषाका साथै देउडालगायत भाषा र भाकाका गीतहरू गाएकी छन्। उनको आजै बौद्ध परम्परा अनुसार अन्त्यष्टी गर्नेछ । उनको दुई छोरी छन्।

धेरै पढिएको