१९ भाद्र २०८२, बिहीबार
Follow Us

२ हजारले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

नेपालब्रिटेन संवाददाता
१८ भाद्र २०८२, बुधबार ०५:२७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजारले बढेर दुई लाख ७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा दुई लाख ५ हजार नौ सय रुपैयाँमा कायम भएको थियो । यस्तै, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार २ हजार ४८५ रुपैयाँमा कायम भएको थियो ।

धेरै पढिएको