१९ भाद्र २०८२, बिहीबार
Follow Us

संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडा निर्विरोध

नेपालब्रिटेन संवाददाता
१९ भाद्र २०८२, बिहीबार १३:११

काठमाडौँ । रिक्त रहेको संसदीय सुनुवाइ संयुक्त समितिको सभापतिमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाको मात्रै मनोनयन दर्ता भएको छ ।

उक्त समितिका सभापति इश्वरीदेवी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयन भएपछि रिक्त रहेको सुनुवाइ समितिको सभापतिमा खतिवडाको मात्रै मनोनयन दर्ता भएको हो ।

संघीय निजामती सेवा विधेयमा ‘कुलिङ अफ पिरियड’मा छेडखानी भएपछि राज्य व्यवस्था तथा सुशासन समितिका तत्कालीन सभापति खतिवडाले नैतिकताको आधारमा राजीनामा दिएका थिए ।

राजीनामा दिए लगत्तै उनी संसदीय सुनुवाइ समितिको सदस्यमा मनोनीत भएका थिए । मनोनीत भए लगत्तै सुनुवाइ समितिको सभापतिका लागि मनोनयन दर्ता गर्न आव्हान भएकोमा खतिवडाको मात्रै मनोनयन दर्ता भएको हो ।

काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे प्रस्ताव रहेको खतिवडाको मनोनयनमा नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला समर्थक रहेका छन् ।

समितिको सभापतिमा मनोनयन दर्ताका लागि प्रकाशित निर्वाचन कार्यक्रम अनुसार बिहीबार अपराह्न ४ बजेसम्म मनोनयन दर्ता गर्ने समय सीमा तोकिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

धेरै पढिएको