काठमाडौं । आज (सोमबार) काठमाडौंमा जेन–जी समुहले गरेको विरोध प्रदर्शनमा हाल सम्म १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
दिउँसो साढे ३ बजेसम्म १४ जनाको मृत्यु भइसकेको हो । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा २ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको स्रोतले जानकारी दिएको छ ।