२४ भाद्र २०८२, मंगलवार
Follow Us

एनआरएनए यूकेद्धारा जेन जी आन्दोलनमा मृत्यु भएकाप्रति दुःख व्यक्त

नेपालब्रिटेन संवाददाता
२३ भाद्र २०८२, सोमबार १८:०५

लण्डन । गैरआवासीय नेपाली संघ यूकेकेले सोमवार जेन जी पुस्ताले आयोजना गरेको स्वफूर्त प्रदर्शनका क्रममा सरकारद्धारा गरिएको बल प्रयोगका कारण भएको क्षतीप्रति दुःख व्यक्त गरेको छ ।
संघका अध्यक्ष राजेन्द्र पुडासैनी र महासचिव दिवाकर पाण्डेद्धारा जारी विज्ञप्तिमान्तिपूर्ण आन्दोलनलाई नजरअन्दाज नगर्न र संवादमार्फत समाधान खोज्न आग्रह गरिएको छ ।

विज्ञप्तिको पूर्णपाठ
प्रेस विज्ञप्ति

आज नेपालमा Gen-Z पुस्ताले आयोजना गरेको स्वस्फूर्त प्रदर्शनका क्रममा सरकारबाट गरिएको अत्यधिक बल प्रयोगका कारण घटित भएको दुःखद घटनाप्रति एनआरएनए यूकेको गम्भीर ध्यानाकर्षण भएको छ।

स्कुल र कलेजको पोशाकमा सहभागी थुप्रै नागरिकको ज्यान गएको घटनाले हामीलाई अत्यन्त दुःखी बनाएको छ।यस दुखद घडीमा, हामी मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समबेदना ब्यक्त गर्दछौं। साथै, संपूर्ण घाईतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, पीडितहरूलाई उचित राहत तथा उपचार उपलब्ध गराउन सरकारसँग माग गर्दछौं।

मूलतः बेरोजगारी, भ्रष्टाचार र बेथिति देशका प्रमुख समस्याहरू हुन्। यिनको समाधान कानूनी शासनमार्फत हुनुपर्छ र नागरिकहरूले शान्तिपूर्ण रूपमा राखेका मागहरूलाई सरकारले सम्बोधन गर्नुपर्छ। लोकतन्त्र र मानव अधिकारको संरक्षण गर्दै गरिएको शान्तिपूर्ण तथा अहिंसात्मक आन्दोलनको हामी सधैं समर्थन गर्दछौं।

आज भएको घटनाबाट सरकार, प्रतिपक्ष, प्रहरी प्रशासनसहित राज्यका सम्पूर्ण अंगहरू र नागरिक समाजले गम्भीर पाठ सिक्नुपर्ने आवश्यकता देखिएको छ।

हामी सम्पूर्ण सरोकारवालाहरूलाई शान्तिपूर्ण आन्दोलनलाई नजरअन्दाज नगर्न र संवादमार्फत समाधान खोज्न आह्वान गर्दछौं।

साथै, आन्दोलनलाई बदनाम गराउने नियतले घुसपैठ गर्ने तत्वहरूप्रति सतर्क रहन र स्वस्फूर्त रूपमा सुरु भएको युवाहरूको प्रदर्शनलाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न कुनै पनि राजनीतिक शक्तिलाई हामी स्पष्ट अपिल गर्दछौं। यस्ता गतिविधिहरूको निगरानी राख्न हामी आम जनसमुदायलाई पनि आग्रह गर्दछौं।

राजेन्द्र पुडासैनी
अध्यक्ष
दिवाकर पाण्डे
महासचिव

धेरै पढिएको