काठमाडौं । कांग्रेस मन्त्रीहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । प्रहरीको गोलीबाट १९ जेनजी आन्दोलनकारी मारिएपछि सरकार छाड्न कांग्रेसलाई पार्टीभित्र र बाहिरबाट ठूलो दबाब छ । यसअघि गृहमन्त्री रमेश लेखकले सोमबार र कृषिमन्त्री रामनाथ अधिकारीले मंगलबार राजीनामा दिइसेकका छन् ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल जारी रहेको बताए । पौडेलले केही न केही निर्णय हुने भन्दै सरकार छाड्ने संकेत गरे । ‘हामी छलफलमै छौं । केही न केही निर्णय लिन्छौं होला’, पौडेलले भने ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा वरिष्ठ नेता शेखर कोइरालाले सरकारबाट बाहिरिन सभापति देउवालाई दबाब दिइरहेका छन् ।