काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो ।
शुक्रबार प्रतितोला २ लाख १५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ७ सय रुपैयाँले घटेर प्रतितोला २ लाख १५ हजार रुपैयाँ १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य भने आज बढेको छ । शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज २ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।