ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठकको तेस्रो तथा अन्तिम दिन ललितपुरको जावलाखेलमा जारी छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्ना धारणा र सुझावहरू राख्ने क्रम आज पनि जारी छ ।
पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बुधबारबाट सुरु भएको यस महत्वपूर्ण बैठकमा बुधबार ५० जना र बिहीबार १४७ जना केन्द्रीय सदस्यहरूले आ-आफ्ना विचारहरू व्यक्त गरिसक्नुभएको छ। आज तेस्रो दिन पनि नेताहरूले प्रतिवेदनमाथि गहन छलफल गरिरहेका छन् ।
बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई आफ्ना कुरा राख्नका लागि तीन मिनेटको समय निर्धारण गरिएको छ ।