 नेपालब्रिटेन संवाददाता
                    नेपालब्रिटेन संवाददाता 
            
            काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काँग्रेस र कम्युनिस्टहरूलाई आगामी चुनावमा हटाउन नयाँ र वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताएका छन् ।
रास्वपाले गरेको ‘वृहत् राजनीतिक संवाद’ मा भट्टराईले जेनजी आन्दोलनले काँग्रेस र कम्युनिस्टहरूलाई धक्का दिएको भए पनि जरा नउखेलिएको बताए ।
उनले रास्वपा सभापति रवि लामिछानेमाथि अन्याय भयो कि भन्ने लागेर आफूले पनि हस्ताक्षर गरेको पनि बताए ।
उनले भने, ‘उहाँ अहिले भित्र हुनुहुन्छ, उहाँमाथि भेदभावपूर्ण व्यवहार भयो कि भनेर मैले पनि हस्ताक्षर गरेको हुँ । त्यसको अर्थ मैले क्लीन चिट दिने कुरा होइन, अदालतले दिने हो । सफाइ दिनको लागि बाहिर आएर खेप्दा न्यायपूर्ण हुन्थ्यो । उहाँलाई कुनै ढंगले बाहिर नै रहेर मुद्दा फेस गर्ने वातावरण बनाउन सके राम्रो हुन्थ्यो । उहाँको नेतृत्वको हामीलाई आवश्यकता छ ।’
उनले अहिलेको समस्याको निकासको लागि निर्वाचनमा जानुको विकल्प नभएको पनि बताए।