१९ भाद्र २०८२, बिहीबार
Follow Us

एनआरएनए नविकरणमा परराष्ट्र मन्त्रालयलाई पाटन उच्च अदालतको कारण देखाउ आदेश

नेपालब्रिटेन डट कम्
२८ पुष २०८०, शनिबार ०५:१५

लण्डन । पाटन उच्च अदालतले गैरआवासीय नेपाली संघको दर्ता नविकरण नगर्ने परराष्ट्र मन्त्रालयलाई १५ दिनको कारण देखाउ आदेश जारी गरेको छ ।
गैरआवासीय नेपाली संघको नविकरणलाई मन्त्रालयले आलटाल गरे पछि संघले पाटन उच्च अदालतको ढोका ढकढकाएको हो ।

पाटन उच्च अदालतका न्यायाधिश नारायण रेग्मीको एकल इजलासले परराष्ट्र मन्त्रालयलाई नविकरण नगर्नुको कारण पेश गर्न दुई हप्ताअघि आदेश दिएको थियो ।

संघले गैरआवासीय नेपाली संघको नियमावली – २०६६ को नियम १२ बमोजिम संस्था नविकरण गर्न माग गरेको छ ।

संघको तर्फबाट बरिष्ठमा अधिवक्ता भिर्माजुन आचार्यले अदालतमा बहस गरेका थिए ।

यसअघि गैरआवासीय नेपाली संघले नियमावली बमोजिम आवश्यक कागजात सहित नविकरण शुल्क बुझाएको थियो तर परराष्ट्र मन्त्री एनपी साउदले गत अक्टोवरमा सम्पन्न संघको निर्वाचनमा आफ्ना पक्षका उम्मेदवारले चुनाव नजिते पछि राजनीतिक प्रतिशोध राखेर नविकरण रोकेका थिए ।

धेरै पढिएको