२० कार्तिक २०८२, बिहीबार
Follow Us

के मेयर बालेन पक्राउ पर्लान् ?

नेपालब्रिटेन संवाददाता
२० कार्तिक २०८२, बिहीबार १३:१२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेय बालेन्द्र शाह बालेन विरुद्ध एमाले निकट राष्ट्रिय युवा संघले उजुरी दिएको छ । आज (बिहीबार) युवा संघका नेताहरू साइबर ब्युरो पुगेर बालेनविरुद्ध उजुरी दिएका हुन् ।

बालेन शाहले लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै युवा संघले उजुरी दिएको हो । साइबर ब्यूरो स्रोतका अनुसार, बालेनविरुद्ध उजुरी परेको छ ।

यद्यपि उक्त उजुरी दर्ताको प्रक्रियामै रहेको साइबर ब्यूरोका एक अधिकारीले जानकारी दिए । मेयर शाहले यही १६ कात्तिक मध्यराति आपत्तिजनक शब्दसहित एक स्टाटस लेखेका थिए । उनले उक्त स्टाटस केहीबेरमै पेजबाट हटाएका थिए ।

धेरै पढिएको