काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक सरेको छ ।
राप्रपाले आज विज्ञप्ति जारी गर्दै २७-२८ कात्तिकका लागि तोकिएको केन्द्रीय कार्यसमितिको बैठक आगामी २४-२५ मंसिरका लागि सारिएको जानकारी गराएको हो ।
अध्यक्ष राजेन्द्र लिङ्देन र दुई पूर्व अध्यक्षहरू पशुपति शमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनीसँगको आपसी परामर्शपछि केन्द्रीय समितिको बैठक सारिएको महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए ।
पार्टी हितविपरीत सञ्चारमाध्यममा अभिव्यक्ति नदिने सहमति दुई पूर्वअध्यक्ष जबरा र लोहनीबीच भएपछि बैठक सारिएको स्रोतले बताएको छ ।
छलफलमा सहभागी एक नेताका अनुसार, मिल्ने मिलाउने प्रयास गर्ने र पार्टी हित विपरीत कुनै भेलासमेत नगर्ने सहमति उनीहरूबीच भएको छ ।