९ माघ २०८२, शुक्रबार
Follow Us

राप्रपा र राप्रपा नेपाल बीच एकता हुने

नेपालब्रिटेन संवाददाता
९ पुष २०८२, बुधबार १३:४३

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल बीचमा एकता हुने भएको छ । आज बुधवार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले यस्तो जानकारी दिएका हुन् ।

उनले लेखेका छन् ‘राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालको बीचमा एकता हुने निर्णय भएको सुखद समाचार सबैमा निवेदन गर्दछु।’ पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए ।

०७८ को मंसिरमा भएको राप्रपाको महाधिवेशनमा थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई पराजित गराएको आरोप लगाएका थिए । थापाले ०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए ।

धेरै पढिएको