१९ माघ २०८२, सोमबार
Follow Us

प्रत्यक्षतर्फ ओलीसहित शीर्ष नेताहरूको नाम एकल सिफारिस

नेपालब्रिटेन संवाददाता
२१ पुष २०८२, सोमबार ०६:३९

काठमाडौँ। नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिसको कार्य जारी छ । जसअन्तर्गत पार्टीका शीर्ष नेताहरूको नाम एकल रूपमा सिफारिस भइराखेको छ ।

झापा निर्वाचन क्षेत्र नं. ५ बाट अध्यक्ष केपी शर्मा ओलीको नाम एकल सिफारिस भएको छ । काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ । निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले पोखरेललाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो ।

रुपन्देही-२ मा उपाध्यक्ष विष्णु पौडेलको नाम एकल सिफारिस भएको छ । दाङ-२ बाट एमालेका महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस भएको छ ।

कैलाली-४ बाट उपमहासचिव लेखराज भट्ट एकल सिफारिस भएका छन् । भक्तपुर क्षेत्र नम्बर-२ बाट प्रत्यक्षतर्फका लागि सचिव महेश बस्नेतको नाम एकल सिफारिस भएको छ ।

गुल्मी-१ बाट प्रदीप ज्ञवाली, रूपन्देही ५ बाट खिमलाल भट्टराई, सिराहा ३ बाट लीलानाथ श्रेष्ठ, दार्चुलाबाट गणेश ठगुन्ना, सल्यानबाट गुलाबजंग शाह, बैतडीबाट दामोदर भण्डारी, सुर्खेत १ बाट ध्रुव शाही, सुर्खेत २ बाट कुलमणि देवकोटा, बाँके १ बाट सूर्य ढकाल, बाँके-२ बाट दलबहादुर सुनार, कपिलवस्तु १ बाट विश्राम चौधरीको नाम एकल सिफारिस भएको छ ।

नवलपुर २बाट तिलक महत, कास्की २ बाट मिलन गुरुङ, नुवाकोट १ बाट बद्रि मैनाली, नुवाकोट २ बाट केशव पाण्डे, रौतहट १ बाट अजय गुप्ता, महोत्तरी १ बाट लक्ष्मी महतो कोइरी, इलाम २ बाट सुहाङ नेम्वाङको नाम एकल रूपमा सिफारिस भएको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनका लागि आगामी माघ ६ गते उम्मेदवारी दर्ताको समय छ । त्यसअगाडि नै उम्मेदवार तय गर्न दलहरू जुटेका छन् ।

धेरै पढिएको