१० माघ २०८२, शनिबार
Follow Us

अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा झर्‍यो

नेपालब्रिटेन संवाददाता
१० माघ २०८२, शनिबार ०६:१३

सिड्नी । सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार डिसेम्बर महिनामा अस्ट्रेलियाको बेरोजगारी दर घटेर ४.१ प्रतिशत कायम भएको छ । यसै अवधिमा अस्ट्रेलियालीहरूले काम गरेको कुल समय पहिलो पटक २ अर्ब घण्टा पुगेर नयाँ कीर्तिमान कायम गरेको छ ।

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सकाअनुसार नोभेम्बरमा ४.३ प्रतिशत रहेको बेरोजगारी दर डिसेम्बरमा ४.१ प्रतिशतमा झरेको हो । यो सन् २०२५ मा रेकर्ड गरिएको सबैभन्दा न्युन स्तर हो । तथ्याङ्कअनुसार नोभेम्बर र डिसेम्बरको बीचमा रोजगारीमा रहेका अस्ट्रेलियालीहरूको कुल संख्या ६५ हजार २ सयले बढेको छ ।

सोही अवधिमा आधिकारिक रूपमा बेरोजगारको सूचीमा रहेका व्यक्तिहरूको संख्या भने २९ हजार ८ सयले घटेको छ । नोभेम्बर र डिसेम्बरको बीचमा अस्ट्रेलियालीहरूले काम गरेको कुल घण्टामा ०.४ प्रतिशतले वृद्धि भई २ अर्ब पुगेको छ । जुन अहिलेसम्मकै उच्च हो ।

धेरै पढिएको