२६ माघ २०८२, सोमबार
Follow Us

जेनजी आन्दोलनको नरसंहार र विध्वंश छानबिन गर्न गठित आयोगको म्याद थप

नेपालब्रिटेन संवाददाता
२६ माघ २०८२, सोमबार १४:०६

काठमाडौं । २३ र २४ भदौको जेनजी आन्दोलनमा भएको नरसंहार तथा विध्वंश, लुटपाट र आगजनीबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २५ दिन थप भएको छ ।

मन्त्रिपरिषदको सोमबारको बैठकले आयोगको म्याद थप गर्ने निर्णय गरेको हो । गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले आयोगको म्याद २५ दिन थप गर्ने निर्णय भएको जानकारी दिए ।

‘भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय भएको छ,’ बैठकपछि सञ्चारकर्मीसँग मन्त्री अर्यालले भने ।

सरकारले आन्दोलनका क्रममा भएका घटना छानबिन गर्न गत ५ असोजमा विशेष पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहेको उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो । तीन महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको आयोगको म्याद सरकारको पटकपटक थप्दै आएको छ ।

धेरै पढिएको