११ बैशाख २०८३, शुक्रबार
Follow Us

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

नेपालब्रिटेन संवाददाता
७ बैशाख २०८३, सोमबार ०४:०७

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (सोमबार) बस्ने भएको छ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो।

समितिका सचिव दिनेश थापामगरका अनुसार पार्टीको आन्तरिक अनुशासन र सांगठनिक मर्यादाका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो।

बैठकमा समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशानुसार जानकारी गराइएको छ।

धेरै पढिएको