६ जेष्ठ २०८३, बुधबार
Follow Us

नक्कली मदिराको गोदाममा प्रहरीको छापा, चारजना पक्राउ

नेपालब्रिटेन संवाददाता
६ जेष्ठ २०८३, बुधबार ०४:१६

काठमाडौँ । नक्कली मदिरा बनाउने कारखानामा सशस्त्र प्रहरीले छापा हानेर चारजना पक्राउ गरेको छ । महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा मारेको छ ।

त्यहाँबाट ठूलो मात्रामा रेडलेवल, ब्ल्याक लेवललगायत महँगा ब्राण्डेड रक्सीसमेत बरामद भएको बताइएको छ । सशस्त्रको इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा विर्खबहादुर तामाङको घरमा अवैध रूपले नक्कली ब्राण्डेड मदिरा तयार गरिरहेका चार जनालाई नियन्त्रणमा लिइएको हो ।

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका-२ बस्ने ३० वर्षीय मनोज खत्री, सोही जिल्लाको खिम्ति गाउँपालिका बस्ने २८ वर्षीय विनोद तामाङ, २६ वर्षीय विवेक तामाङ र सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–६ बस्ने २२ वर्षीय छिदेन निमा तामाङ रहेका छन् ।

सशस्त्रले सोही ठाउँबाट रक्सी बनाउन प्रयोग हुने केमिकल तथा उपकरण, राजश्वको स्टिकरसमेत बरामद गरेको छ । बरामद रक्सी ठूलो परिमाणमा रहेकोले यकिन गर्न नसकिएको सशस्त्रले जनाएको छ ।

धेरै पढिएको