१९ भाद्र २०८२, बिहीबार
Follow Us

इजरायली आक्रमण : गाजामा २१ हजार ९७८ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१७ पुष २०८०, मंगलवार ०६:०४

गाजा स्ट्रिप । हमास शासित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले सोमबार अक्टोबर ७ देखि सुरु भएको इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २१ हजार ९७८ व्यक्ति मारिएको जनाएको छ ।

यसैबीच विगत २४ घण्टामा १ सय ५६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल-कुद्राले टेलिभिजन पत्रकार सम्मेलनमा बताएका छन् । उनले गाजामा युद्ध सुरु भएयता ५७ हजार ६ सय ९७ जना घाइते भएको पनि उल्लेख गरेका थिए ।

धेरै पढिएको