ब्रेकिङ न्युज

प्रधानमन्त्री बालेन भेटेपछि रवि निवासमा भारतीय टोली

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री बालेन्द्र साहसँग भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थिति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध तथा आपसी चासोका विषयमा छलफल भएको बताइएको छ । मिस्री नेतृत्वको भारतीय प्रतिनिधिमण्डल बिहान ११ बजे प्रधानमन्त्रीसँग भेटवार्ताका लागि सिंहदरबार पुगेको थियो।

प्रतिनिधिमण्डलमा अतिरिक्त सचिव एवं चीन, नेपाल र भुटान हेर्ने नर्थ डिभिजन प्रमुख मन्नु महावर, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, दूतावासका डीसीएम डा. राकेश पाण्डे, प्रशासन शाखा प्रमुख अविनाश कुमार सिंह तथा राजनीतिक शाखा प्रमुख गीतान्जली ब्राण्डन पनि सहभागी थिए ।

प्रधानमन्त्री साहसँग करिब आधा घण्टा भेटवार्ता गरेपछि भारतीय टोली सिंहदरबारबाट सिधै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न मध्याह्न ठिक १२ बजे उनको निवास बूढानीलकण्ठस्थित इटालीटार पुगेको बताइएको छ । रविसँगको भेटबारे थप जानकारी प्राप्त भएको छैन ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम